कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजीलाई सामुदायिकमा

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको रुरु र गुल्मीदरबार गाउँपालिकाले नीजिलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्ने अभियान सुरु गरेका छन  । गाउँपालिका भित्रका सबै बालबालिकालाई सामुदायिकमा आकिर्षत गर्न अभिभावकको मन जित्ने प्रयासमा छन  ।

रुरुले जनप्रतिनिधि, र कर्मचारीका छोराछोरी सरकारीमा पढाउनु पर्ने नियम बनाएको छ । सरकारीमा पढाई राम्रो हुन्छ भन्ने विश्वास अभिभावकमा छैन ।

राम्रो शिक्षा दिन महंगो बोडिङमा पढाउन भन्दै घर अगाडिको सरकारी विद्यालय छाडेर शहरमा अभिभावक डेरा गरी बस्ने लहर छ । सरकारीमा पढाई ठीक हुन्छ भन्ने सन्देश दिन गाउँपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिकमा पढाउनुपर्ने निर्णय गरेका हुन् ।

रुरु गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले शिक्षा क्षेत्रमा राज्यको धेरै लगानी रहेको बताए । त्यसैले सामुदायिकमा राम्रो पढाई हुन्छ भन्ने विश्वास दिलाउन कर्मचारी र जनप्रतिनिधिले आफना छोराछोरीलाई सामुदायिकमा पढाउनुपर्ने नियम जारी गरिएको बताए । निर्णय कार्यन्यवन गर्न अनुमगन गरिने उनले बताए ।


नेकपाका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले छोराछोरी सामुदायिकमा पढाउनुपर्ने भन्दै विद्यालय बन्द गराएर आन्दोलन गरेका थिए ।

विद्यार्थी नेता, कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाको बैंठकले यस्तो निर्णय गरेको उनले बताए । आउँदो शैक्षिक शत्रबाट पालिकामा रहेका सबै विद्यालयमा पढाउने शिक्षकलाई आफना छोराछोरी सामुदायिकमा पढाउन आग्रह गर्ने बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने रुरुका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । रुरुमा ४३ सामुदायिक र ३ नीजि गरी ४६ विद्यालय छन ।


गुल्मीदरबारले गौरीशंकर इङलिस बोडिङ स्कुललाई सामुदायिकतर्फको इश्वरी माविमा गाभेपछि सरकारी विद्यालयको महत्व बढेको छ ।

पहिलो अभ्यास सफल भएपछि बाँकी नीजि स्कुललाई गाभ्ने तयारी गाउँपालिकाको छ । आउँदो शैक्षिक शत्र अगावै दरबारदेवी स्थान, ठुलापोखराको रेसुंगा इङलिस बोडिङ र वीरवासको ग्रिनवर्ड इङलिस बोडिङलाई पनि सामुदायिकमा गाभिने पालिकाले जनाएको छ । बाँकी ३ वटा नीजि स्कुललाई पनि समायोजन गरिने गाउँपालिका अध्यक्ष अशोककुमार थापाले बताए ।

प्रकाशित : वैशाख २५, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?