कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सैलुनमा महिला

बुटवल — महिला पनि सैलुनमा काम गरेर स्वरोजगार बन्न थालेका छन् । पहिले पुरुषले मात्र दाह्री, कपाल काट्थे । अहिले महिलाले पनि खट्न थालेका छन् ।

प्युठानकी उषा सिंह २ वर्षदेखि यहाँस्थित नील डेभिड्स हेयर सैलुनमा काम गर्छिन् । बिहान १० देखि साँझ ८ बजेसम्म उनलाई बोल्ने फुर्सद हुँदैन । दिनमा ४० जनालाई सेवा दिन्छन् । ‘सुरुमा केही हच्किएँ, उनले भनिन, ‘बिस्तारै बानी पर्दै गयो ।’ दुई सन्तानकी आमा अहिले काममा परिपक्व बनेकी छन् । पुरुषमात्रै होइन महिला आए पनि फर्काउदिनन् । मासिक करिब २५ हजार रुपैयाँ आम्दानी गर्छिन् । ग्राहकबाट पाउने टिप्स अलग्गै हुन्छ ।


उनले ६ वर्षअघि कपाल काट्न थालेकी थिइन् । सुरुमा महिलाको मात्रै कपाल काटिन् । त्यसपछि पुरुषको पनि दाह्रीकपाल काट्न पाए आम्दानी हुन्थ्यो भन्ने लाग्यो । यस्तो सीप सिकेपछि ३ वर्ष वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा कपाल काटिन् । त्यसपछि बुटवलमै बस्न थालेकी हुन् ।


नेपालगञ्जकी सुजीता गुरुङ पुरुषको अनुहार सिंगार्ने काम गर्छिन् । तीन वर्ष दुबईमा काम गरेर फर्केकी उनी यहीँ छन् । दाह्री र आँखी भौं मिलाउने सामान्य काम हो । अनुहार र छाला सिंगार्ने काम गर्छिन् । अहिलेसम्म एक सयभन्दा बढी दुलाहा सिंगारेको बताइन् ।


‘केटा मान्छेको छाला कडा हुन्छ । धेरै मेहनत लाग्छ । असिनपसिन भइन्छ,’ उनले भनिन्, ‘तर पनि काम गरेकै छौं ।’ सेवा दिँदै गर्दा कतिकति पुरुषले मिहेनत बुझेर छुट्टै टिप्स दिन्छन् । थप हौसला मिल्छ । एकपटक आएका ग्राहक निरन्तर आइरहन्छन् ।


रूपन्देहीको रानीबगियाकी सीमा थापा ५ वर्षयता सैलुनमा केमिकलको काम गर्छिन् । उनको काम कपाल रंगाउने हो । त्यसमा विभिन्न डिजाइन निकाल्ने उनको जिम्मेवारी हो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?