द्वन्द्व भुलाउन स्मारक र पार्क

काशीराम डाँगी

रोल्पा — जिल्लाको दक्षिणस्थित होलेरीमा शान्ति स्मारक निर्माण गर्न थालिएको छ । होलेरीस्थित प्रहरी चौकीमा तत्कालीन विद्रोही नेकपा माओवादीबाट दुई पटक गरिएको आक्रमणको सम्झना गर्दै रुन्टीगढी गाउँपालिकाले शान्ति स्मारक निर्माण गर्न लागेको हो । 

गाउँपालिकाका अनुसार तत्कालीन माओवादी लडाकुले ०५२ फागुन १ मा प्रहरी चौकीमाथि मुलुकमै पहिलो पटक आक्रमण गरेका थिए । ‘शान्ति स्थापना भइसकेको र विगतमा झैं पुनः द्वन्द्वमा जान नहुने सन्देश प्रवाह गर्नका लागि शान्ति स्मारक बनाउन थालेका हौं,’ गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले भने, ‘चौकी भएकै ठाउँमा शान्ति पार्क र स्मारक निर्माण कार्य अघि बढिसकेको छ ।’


उक्त चौकीमा माओवादी लडाकुले आक्रमण गरी पहिलो पटक हतियार नियन्त्रणमा लिएका थिए भने दोस्रो पटक आक्रमण गर्दा एक प्रहरी मारिएका थिए । माओवादीले रोल्पाबाट सुरु गरेको सशस्क्र द्वन्द्वका त्रममा ऊक्त चौकीमाथि आत्रमण गर्दा हालका उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनलगायत सहभागी थिए । होलेरी चौकीमाथि आक्रमण गरेर प्रहरीको हतियार नियन्त्रणमा लिई विद्रोहीले नेपालमा सशस्त्र द्वन्द्व सुरु भइसकेको घोषणा गरेका थिए । करिब १० वर्षसम्म चलेको ऊक्त सशस्त्र द्वन्द्वका त्रममा मुलुकभरमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।


रोल्पामा मात्रै करिब एक हजार मानिस मारिएका थिए । राज्य र विद्रोहीको चेपुवामा परेर जिल्लाका थुप्रै गाउँ आक्रमण र लडाइँको निसानामा पारिएका थिए । थबाङ, जेलबाङ र गाम गाउँमा बढी क्षति पुगेको थियो । खामभाषी मगरहरूको बाक्लो बसोबास रहेको दुर्गम गाउँ जेलबाङमा माक्रै त्यस त्रममा ७३ जना मारिएका थिए ।


माओवादी सशस्क्र द्वन्द्वका त्रममा रोल्पाले ठूलो परिमाणमा भौतिक क्षतिसमेत बेहोरेको थियो । गाउँपालिकाले चौकीमाथि आक्रमण भएकै स्थानमा करिब १० लाख रुपैयाँको लगानीमा शान्ति स्मारक निर्माण गर्न थालेको हो । गाउँपालिकाका पर्यटन स्रोत व्यक्ति नायब सुब्बा दीपेन्द्रकुमार डाँगीले विगतको सशस्त्र द्वन्द्व भुलाउन पार्कसहितको स्मारक बनाउने योजना अघि सारिएको बताए ।


होलेरी एकीकृत विकास कार्यक्रमअन्तर्गत उक्त योजना अघि सारिएको हो । पार्कभित्र निर्माण गरिने स्मारकमा सशस्त्र द्वन्द्वमा परी मारिएका सुरक्षाकर्मी, लडाकु र नागरिकको विवरण उल्लेख गर्ने योजना छ । पछिल्लो फटकको चौकी आक्रमणका त्रममा सल्यान निवासी होलेरी प्रहरी चौकीमा कार्यरत प्रहरी हबल्दार राजबहादुर गिरी मारिएका थिए ।


लडाकुले गिरीमाथि गोली प्रहरी गरी मारेका थिए । होलेरी चौकीमाथि दोस्रो फटक ०५८ असार २७ मा माओवादी लडाकुले आक्रमण गरेका थिए । त्यस त्रममा प्रहरी चौकीसमेत पूर्ण रूपमा ध्वस्त भएको थियो । सरकारले करिब ८० लाख रुपैयाँ लगानीमा छुट्टै स्थानमा प्रहरी चौकी निर्माण गरिसकेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?