कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठ तस्करीकाे विषयमा भारतीय वनकर्मीले तीन दर्जन बाख्रा नियन्त्रणमा लिए

कमल पन्थी

बर्दिया — तस्करले भारतीय जंगलबाट काठ चोरेर नेपाल भित्र्याउन दशगजामा फालेको विषयलाई लिएर भारतीय वनकर्मीले चर्न लगिएका तीन दर्जन बढी बाख्रा जर्वजस्ती लगेका छन् ।

जिल्लाको बढैयाताल गाउँपालिका स्थित सीमा प्रहरी चौकी जमुनीले नियन्त्रणमा लिएको काठ भारतीय वनकर्मीले आफ्नै भएको भन्दै फिर्ता माग गरेको थियो । माथिल्लो निकायमा जाहेरी दिई सकेकोले फिर्ता गर्न नमिल्ने चौकीका प्रहरीले जवाफ दिएपछि वन कर्मचारी आक्रोश पोख्दै फर्केका थिए । नेपाल प्रहरीले बेवारिसी काठ नेपाली भूमिमा भेटिएपछि नियन्त्रणमा लिएको जनाएको छ ।


लगतै उनीहरुले भारतीय सीमामा चराउन लगिएका गाई, भैसी र बाख्रा नियन्त्रणमा लिएका थिए । दुई दिन देखि बाख्रा भने छाडेको छैन । भारतीय नेपालीबाट वन मासेको अभियोग लगाउदै नियन्त्रणमा लिएका बाख्रा वापत १ लाख २ हजार भारु जरिवाना तिर्नुपर्ने अडान लिएको सशस्त्र प्रहरी स्रोतले बतायो ।


भारतमा वस्तुभाव चरिचरन गरेवाफत सीमावर्ती नेपालका किसानले तिरो तिर्ने गरेका छन् । आइतवार दिउँसो नियन्त्रणमा लिएका बाख्राको भारतीय वनकर्मीले बार्गेनिङ गरेका कारण फिर्ता भएको छैन ।


प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले सिमावर्ती भारतीय वनका रेन्जर नभएका कारण छलफल हुन नसकेको बताए । उनले सोमबार रेन्जर आएपछि वार्ताबाट समस्या समाधान हुने जनाए ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?