कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धारिलो हतियार प्रयोग गरी हत्या

कमल पन्थी

बर्दिया — राजापुर नगरपालिका-३ नंगापुरमा बुधबार मध्यरातमा करिब ५५ वर्षीय जयराम चौधरीको हत्या भएको छ । हत्या हुने कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । 

धारिलो हतियार प्रयोग गरी हत्या

घर बाहिर सुतिरहेको अवस्थामा निधारमा धारिलो हतियार प्रयोग गरी चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या भएको जानकारी बिहान घर परिवारले थाहा पाएका थिए ।


चौधरीको श्रीमती मृत्यु भएपछि छोरा विदेशमा काम गर्न गएको समय हत्या भएको हो ।


हत्याको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ४० किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित : असार ५, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?