कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

चट्याङ लाग्दा ६ को मृत्यु

भैरहवा — रूपन्देही र दाङमा मंगलबार साँझ परेको चट्याङबाट ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रूपन्देहीमा मृत्यु हुनेमा गैडहवा–७ का भगवान दास लोध, कञ्चन–२ का नन्दराम अर्याल र सैनामैना–७ का चन्द्रबहादुर विक छन् ।

चट्याङ लाग्दा ६ को मृत्यु

तीनैजना खेतमा काम गरिरहेका बेला चट्याङमा परेका थिए । लोधलाई तरकारीबारीमा काम गरिरहेका बेला चट्याङले लागेको थियो । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । अर्याल र विकलाई खेतमा काम गरिरहेका बेला चट्याङ लागेको थियो । दुवैको बुटवलस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रूपन्देहीका एसपी हृदय थापाले बताए ।


यसैगरी दाङको राप्ती गाउँपालिका–३ मा मृत्यु हुनेमा १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरी छन् । ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । गाउँ नजिकको जंगलमा जामुन खान रूखमा चढेका बेला चट्याङ लागेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।


प्रकाशित : असार १०, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?