कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

लुटपाटका आरोपी २ पक्राउ 

हरि गौतम

(रुकुमपूर्व) — आमाछोरीलाई दिउँसै लुटपाट गरेको अभियोगी २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुथाउत्तरगंगा गाउँपालिका–१ को मैकोट गाउँ नजिकै आमाछोरीलाई लुटपाट गरेका अभियोगीहरुलाई जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएकामा लक्ष्मण मगर र अमर पुन छन् ।

लुटपाटका आरोपी २ पक्राउ 

प्रहरीका अनुसार उनीहरुले गत जेठ ३२ गते बहुमूल्य जडिबुटी यार्चा टिपेर पाटनबाट फर्कंदै गरेका पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटकी ३८ वर्षीया जुनकुमारी पुन र उनकी १४ वर्षीया छोरी रश्मीलाई कुटपिट गरी लुटपाट गरेका थिए ।


उदयपुर रौताह ख्याटुङका २० वर्षीय मगर र पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटकै २७ वर्षीय पुनलाई ५ गते काठमाण्डौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई जिल्लाबाटै ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको डिएसपी खड्काले बताए । प्रहरीले उनीहरुको साथबाट लुटपाटमा परेकी जुनकुमारीको मोबाइल, सिमकार्ड तथा अरु केही सिम कार्ड पनि बरामद गरेको छ ।


लुटेराले जुनकुमारीको दुवै कन्चटमा हानेका थिए भने एउटा हात भाँचिदिएका थिए । रश्मीको टाउकोमा चोट लागेको थियो । काठमाण्डौंस्थित शिक्षण अस्पतालमा उपचारपछि दुवै आमाछोरी जिल्ला फर्किसकेका छन् ।

प्रकाशित : श्रावण ७, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?