कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धारिलो हतियार प्रयोग गरी हत्या 

माधव अर्याल

पाल्पा — गुल्मीको मुसीकोटमा आफ्नै छिमेकीले धारिलो हतियार प्रयोग गरी ४९ वर्षीय मोतीलाल कुमालको हत्या गरेका छन् ।

मुसीकोट नगरपालिका-३, का ४५ वर्षीय लक्ष्मण कुमालले छिमेकी मोतीलाललाई मंगलबार राति हत्या गरेको प्रहरीले जनाएको छ । मगंलबार राति खेतमा पानी लगाउने क्रममा विवाद हुँदा लक्ष्मणले धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा लक्ष्मणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।


प्रकाशित : श्रावण १५, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?