दाङ — तुलसीपुरमा ट्याक्टरबाट खसेर शनिबार राति १ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ रजेनीबाट जसपुरतर्फ जाँदै गरेको लु २ त ३४३५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ४५ वर्षीय रामकृष्ण चौधरीको मृत्यु भएको हो ।
खसेर सख्त घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । ट्रेक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए ।