कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठसहित ट्रक नियन्त्रणमा 

कमल पन्थी

बर्दिया — गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको ना २ ख ८८९४ नम्बरको ट्रक सहित चिरान काठ अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक हिमबहादुर खत्रीले वन डिभिजन कार्यालयले दिएको छुटपुर्जी भन्दा बढी परिमाणको काठ भएको आशंकाले छानबिनका लागि नियन्त्रणमा लिएको जनाए ।


काठको परिमाण जाँचबुझ गर्न वनका प्राविधिकलाई मैनापोखर झिकाइएको छ । ट्रकमा सिसौ, सागुन लगायतका काठ रहेको प्रहरीले जनाएको छ ।



प्रकाशित : श्रावण ३०, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?