लुम्बिनीमा एमालेले मन्त्रीको नाम टुंग्यायो
देउखुरी (दाङ) — लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन एमालेले मन्त्रीको नाम टुंगाएको छ । रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन मुख्यमन्त्री जोखबहादुर महरालाई सिफारिस गरेको एमाले लुम्बिनी संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बताए ।
यसअघि एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई पठाएको थियो । एमालेबाट सरकारको नेतृत्व आचार्यले गरेका छन् । विनाविभागीय रहेका उनलाई मुख्यमन्त्री महराले आज अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री महराले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रकाशित : वैशाख ६, २०८१ ११:४०प्रतिक्रिया