नालाको माछा खादा नौ जना बिरामी, एकको अवस्था चिन्ताजनक
बर्दिया — नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् ।
नालाको माछा चनासँग खाँदा नाउको परिवारका नौ जना झाडा पखाला लागि बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका छन् । आकस्मिक कक्षमा भर्ना भएकामध्ये ४ वर्षीया रोश्नी नाउको अवस्था चिन्ताजनक भएकोले नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको अस्पतालका डाक्टर आरिफ हास्मीले बताए ।
दुई दिनअघि भिजाएको चना र माछा खादा फुड पोइजिनिंग भएको डाक्टर हास्मीले बताए । बिरामी हुनेमा ४ वर्षदेखि ६५ वर्ष उमेरका रहेको अस्पतालले जनाएको छ । उपचारार्थ ८ जनाको अवस्था सामान्य रहेको डाक्टर हास्मीले जनाए ।
प्रकाशित : वैशाख ६, २०८१ १७:४४प्रतिक्रिया