कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा हिउँ परेपछि कृषक खुसी

डोल्पा(दुनै) — डोल्पामा हिमपात भएपछि कृषकहरू खुसी भएका छन् । कर्णालीका अन्य जिल्लाहरूमा हिमपात भए पनि डोल्पामा सोमबार मात्र हिमपात भएको थियो । थोरै भए पनि हिमपात परेपछि कृषकहरू खुसी भएका छन् । हिमपातले हवाई यातायात अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ । 

डोल्पामा हिउँ परेपछि कृषक खुसी

हिउँ परेपछि समुदायमा खुसी छाएको कालिकाबाट लंकबहादुर रोकायाले फोनमा बताए । उनले भने,‘केही वर्षदेखि पुस महिनामा हिमपात भएको थिएन । पुस महिनाको हिउँ निकै मलिलो हुन्छ । ’ कृषकका अनुसार पुसमा परेको हिउँ सितिमिति नबिलाउने र त्यसले जमिनलाई भिजाई राख्ने गर्दछ ।


डोल्पामा लामो समयदेखि हिमपात र पानी परिरहेको थिएन । हिमपात पछि धुँवाधुलो कम भएर रोग हटेर जाने भएकाले पनि स्थानीयहरूमा खुसी बढेको डा. हिमविक्रम शाहीले बताए ।


लेकबेसी कृषि सहकारी संस्था जुफालका अध्यक्ष धनबहादुर डाँगीले चाहे जति हिमपात नभएको बताए । उनले जमिन भिज्ने गरी हिमपात नभएको बताए ।


करिब २ हजार ५ सयको उचाइमा रहेको जुफाल विमानस्थलमा ३ इन्च जमिनमा मात्र हिउँ जमेको छ । स्थानीय नरबहादुर बुढाका अनुसार नदी किनारैसम्म १ फिट हिउँ जम्ने गरी हिउँ परेपछि मात्र हिउँ परेको सार हुने स्थानीय नरबहादुर बुढाले बताए ।

प्रकाशित : पुस २३, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?