कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमपहिरोमा तीन वेपत्ता, तीन गम्भीर घाइते

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका–३, मुल्सामको बारेलेकमा हिमपहिरोमा परेर ३ जना वेपत्ता भएका छन् । 
बारेकोट–३, मुल्सामका ३५ वर्षीय मानबहादुर रोकाय, २५ वर्षीय गोरख रोकाय र ३४ वर्षीय बिर्खबहादुर रोकाय हिमपहिरोमा परेर वेपत्ता भएका हुन् । उनीहरु विगत ८ दिनदेखि हिमपहिरोमा परेर वेपत्ता भएका हुन् । 

यस्तै हिमपहिरोमा परेर सोही ठाउँका तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुने हरुमा ५० वर्षीय नरबहादुर रावत, ४६ वर्षीय काली रावत र अर्को एकजना नाम नखुलेका व्यक्ति रहेको स्थानीय प्रेम बोहोराले बताए ।


घाइते तीनैजना बारेलेकबाट ९ दिन पछि बोल्न नसक्ने अवस्थामा घर आइपुगेको उनले बताए । वेपत्ता तथा घाइते भएका व्यक्तिहरु सेतो चिनी (खिरौलो) संकलन गर्ने, पकाउने, सुकाउने, प्याङ्गीक गर्ने लगायत कामको सिलसिलामा उक्त लेक तर्फ गएको बोहराले बताए ।


लेकबाट घाइते अवस्थामा फर्केकाहरु बोल्न नसक्ने अवस्थामा रहेकाले लेकमा के भएको थियो भन्ने यकिन हुन नसकेको उनले बताए ।


सेतो चिनी संकलनको सिलसिलामा उनीहरु गत ६ गते ४ हजार मीटरको उचाईमा रहेको बारेलेक पुगेका थिए । बारेलेकमा पुगेकै दिनदेखि भारी वर्षात तथा हिमपात शुरु भए लगत्तै उनीहरु हराएको बोहोराले बताए ।


लेकमा चिसोको कारण पाल टाँगेर बसेको अथवा ओढारमा बसेको अवस्थामा उनीहरु हिमपहिरोमा पुरिएको हुनसक्ने उनको भनाई छ । बारेलेकमा फोन नलाग्ने, अन्य खबर आदान प्रदान गर्ने र आवजावत गर्ने अवस्था नहुँदा वेपत्ताको उद्धार गर्न कठिनाई भएको उनले बताए ।


मौसम सुधार भएपछि वेपत्ताहरुको मंगलबार देखि मात्र खोजी कार्य शुरु भएको बोहोराले बताए । हिमपहिरोमा वेपत्ता भएको बारे हालसम्म जानकारी नआएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । हिम पहिरोमा परी वेपत्ता भएकाको खोजी र घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।


प्रकाशित : माघ १५, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?