कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित २ पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — १२ किलो अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । ७ किलो चरेस र ५ किलो अफिमसहित नलगाड नगरपालिका–१३, ठाटीगुर्ता जाजरकोटका ४२ वर्षीय धनबहादुर मल्ल र सोही नगरपालिका–१२, अलगुर्ताका ३० वर्षीय चन्द्रबहादुर शाही पक्राउ परेका हुन् । 

लागूऔषधसहित २ पक्राउ 

आठबीसकोट नगरपालिका–४, अनाहस्थित गस्तीमा रहेको प्रहरीले उनीहरुलाई चरेस र अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । डोल्पाबाट जाजरकोटतर्फ गइरहेका उनीहरुमाथि शुक्रबार बिहान साढे ७ बजे जाँच गर्नेक्रममा लागूऔषध फेला परेको डिएसपी खड्काले बताए । उनीहरुको साथबाट ५० हजार नगद र २ थान स्प्रिङ तराजुसमेत बरामद भएको छ ।


प्रहरीले उनीहरुलाई रुकुम जिल्ला अदालतबाट शुक्रबारै ६ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ । पछिल्लो समय रुकुम पश्चिम अवैध लागूऔषध ओसारपसार गर्ने थलोको रुपमा प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।


यसैबीच, प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । फागुन १ गते दिउँसो मुसीकोट नगरपालिका–१, सल्लेमा जुवा खेलिरहेका अवस्थामा पक्राउ परेका उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुम पूर्वका ३५ वर्षीय दिनेश घर्ती, सोही गाउँपालिका–१२, का ४० वर्षीय पञ्चबहादुर पुन, मुसीकोट नगरपालिका–१, सल्ले रुकुम पश्चिमका २९ वर्षीय सन्तोष पुन जुवाखालबाट पक्राउ परेका हुन् । उनलीहरु सल्लेस्थित बीरबल बुढाको घरमा जुवा खेलिरहेका थिए ।


मुसीकोट नगरपालिका–१, सल्लेकै २६ वर्षीय सन्दिप पुन, २९ वर्षका ताराबहादुर पुन, रेशम सोनी र ३५ वर्षका मदनकुमार मल्ल पनि जुवा खेल्ने क्रममा पक्राउ परेका छन् । १४ हजार २ सय ५५ नगद र २ गड्डी तासासहित पक्राउ गरिएका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध (जुवा) कसुरमा मुद्दा चलाइएको छ ।


रुकुम पश्चिम आठबीसकोट नगरपालिका–४, अनाहबाट चरेस र अफिमसहित पक्राउ परेका २ अभियुक्तलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रहरी । तस्बिर : हरि गौतम/कान्तिपुर

प्रकाशित : फाल्गुन ३, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?