कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले कुलो भत्काउँदा विद्युत अवरुद्ध

कान्तिपुर संवाददाता

डोल्पा–दुनै — वर्षाका कारण पहिरो खसेर जैरीगाड साना जलविद्युत केन्द्रको कुलो भत्किँदा विद्युत आपुर्ति अवरुद्ध भएको छ । 

पहिरोले नहरको ७० मिटर कुलो बगाएर विद्युत अवरुद्ध हुँदा सदरमुकाम दुनै र आसपासको क्षेत्र अन्धकारमय बनेको छ ।


ठूलीभेरी नगरपालिका–३ जैरिगाडस्थित साना जलविद्युत आयोजनाको माथिबाट आएको पहिरोले नहरमा राखिएको पेनस्टक पाइपलाई समेत बगाए पछि विद्युत आपुर्ति अवरुद्ध भएको हो ।

२ सय किलोवाट क्षमताको आयोजना बन्द हुँदा उपभोक्ता समस्यामा परेका छन् । विद्युत आपुर्ति ठप्प हुँदा सदरमुकाम दुनैका सरकारी तथा गैर सरकारी कार्यालयको काममा समेत निकै समस्या आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।


दुनै बजार, माथिल्लो दुनै, तिप्ला, थाला, लोचा, जुफाल, रुम, मोतिपुर, डाँगीबाडा, सु जिउ गाँउका १ हजार २ सय बढी परिवार समेत अन्धकारमय बनेका छन् ।


विद्युत बन्द हुँदा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थी समेत समस्यामा परेका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?