विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित

बिप्लब महर्जन

सल्यान — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका कारण यातायातका साधन संचालनमा आउन नसक्दा जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

यातायातका साधन संचालन हुन नसक्दा कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामी बढी प्रभाबित भएका छन् ।

बन्दका कारण जिल्लामा संचालित निजी तथा सामुदायिक बिद्यालय बन्द छन् । बजार र पसलहरु पनि पूर्णरुपमा संचालन हुन सकेका छैनन् ।

यसैगरी, त्रिबेणी गाउँपालिकाको सल्लेखोलामा अज्ञात ब्यक्तिले जंगलबाट हानेको ढंगाका कारण श्रीनगरबाट दाङ्ग जाँदै गरेका ना ४ ख ६३६८ नम्बरको ट्रक र लु २ च २७२५ नम्बरको बोलेरो गाडीका सिसा फुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?