कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याराथनको पुरस्कार अमेरिकाबाट

रुकुम पश्चिम — जिल्लामा पहिलोपल्ट आयोजना गरिएको खुला सिस्ने–चाखुरे अल्ट्रा रेस म्याराथनको पुरस्कार रकम अमेरिकाबाट आएको छ । कामको सिलसिलामा अमेरिका रहेका युवाहरूले अल्ट्रा रेस म्याराथन पुरुषतर्फको पुरस्कार पठाइदिएका हुन् । 

सिस्ने गाउँपालिका–७, नाथीगार रुकुम पूर्व घर भएका १० युवाले पुरुषतर्फको सबै पुरस्कारको राशि आयोजकलाई पठाइदिएका छन् । अमेरिका रहेका प्रेमबहादुर रावतको पहलमा पुरुषतर्फको लागि खर्च हुने झन्डै १ लाख १० हजार नगद आयोजकलाई पठाइएको हो । नाथीगार घर भएका १० युवाले एकमुष्ट पुरस्कार रकम पठाइदिएका हुन् । ‘म्याराथन हुने भएपछि हामीले पनि केही गर्नुपर्छ भनेर सहयोगस्वरूप पुरस्कार रकम व्यहोरेका हौं, रावतले भने ।


सिस्ने अल्ट्रा रेस म्याराथनमा पुरुषतर्फ प्रथम हुनेले ४०, दोस्रो हुनेले २५, तेस्रो हुनेले १५ र सान्त्वना हुने ५ जनाले ५/५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यो सबै पुग्ने गरी अमेरिका रहेका युवाले पुरस्कारको सौजन्य गरेको आयोजक डाँफे मुनाल युवा क्लवका अध्यक्ष नरेश पुन मगरले बताए । क्लबले चैत १२ गते पहिलोपटक खुला सिस्ने अल्ट्रा रेस म्याराथन गर्दै छ ।


जसमा पुरुषतर्फ ४२ किमि र महिलातर्फ १० किमि दौड गराइने आयोजकले जनाएको छ । मुसीकोट नगरपालिकाबाट बाँफिकोट गाउँपालिका हुँदै आठबीसकोट नगरपालिकाको राडीसम्म पुरुष म्याराथन हुनेछ । रिम्ना हुँदै आठबीसकोटको राडी जाने सडकअन्तर्गत बाँके ज्युलादेखि चिसापानी हुँदै राडीसम्मको रुट महिला धावकका लागि तय गरिएको छ । महिलातर्फ प्रथम आउनेलाई १५, दोस्रोलाई १०, तेस्रोलाई ५ र सान्त्वना ५ जनालाई २/२ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


जिल्लाका आठबीसकोट नगरपालिका, मुसीकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र नेपाल पर्यटन बोर्डले प्रतियोगितामा सहयोग गरेका छन् । सिस्ने र चाखुरे हिमाल प्रचारको उद्देश्यले प्रतियोगिता आयोजना

गरिएको हो ।

प्रकाशित : चैत्र १, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?