कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका डाेल्पा इन्चार्ज पक्राउ

भीमबहादुर सिंह

जाजरकोट — नेत्रविक्रम चन्द समूहका डोल्पा इन्चार्ज वीरबहादुर खड्का 'क्षितिज'लाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई प्रहरीले भेरी नगरपालिका ३, थाप्ले खलंगाबाट पक्राउ गरेको हो । 

उनलाई चन्द समूहका गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक केशर कार्कीले बताए ।


खलंगामा बसेर अपराधिक गतिविधिमा संलग्न भएकोले खड्कालाई पक्राउ गर्नुपरेको कार्कीको भनाई छ । खड्काका नाममा चोरी डाँका मुद्दा दर्ता गर्ने तयारी भएको उनले बताए । खड्का विगत लामो समयदेखि खलंगाको थाप्लेमा श्रीमती र छोराछोरीसहित होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


प्रकाशित : चैत्र २८, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?