कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलवायुमैत्री सिँचाइ योजना

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका ८, दुलीका विभिन्न टोलमा सिँचाइ सुविधा पुर्‍याउन जलवायुमैत्री योजना निर्माण थालिएको छ । धारापानी–तुरीधारा–किलिमिट्या–पोखरा सिँचाइ योजनामार्फत साढे १९ सय रोपनीमा सिँचाइ पुर्‍याउन लागिएको हो ।

जलवायुमैत्री सिँचाइ योजना

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, वडा र बाँफिकोट गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइ योजना निर्माण थालिएको छ । जलवायुको १५ लाख, ८ नम्वर वडाको ४ लाख ९५ हजार र गाउँपालिकाको ४ लाख गरी २४ लाख रुपैयाँको लगानीमा सिँचाइ योजना निर्माण थालिएको हो । एक सय ५० मध्ये आधा भूभाग सिञ्चित गर्ने गरी यो वर्ष काम भइरहेको वडा कार्यालयले जनाएको छ । विशेषगरी गहुँ, अघिल्लो वर्ष लगाइएको किबी र तरकारी खेतीका लागि सिँचाइ योजना ल्याइएको हो ।


योजनाबाट झण्डै एक सय घर लाभान्वित हुने निर्माण उपभोक्ता समिति अध्यक्ष टेकबहादुर खत्रीले बताए । सिँचाइ योजना निर्माण सुरु भएपछि लामो समयपछि खेतमा पानी सिञ्चित गर्ने किसान सपना पूरा हुन लागेको उनको भनाइ छ । उनका अनुसार सिँचाइ योजना निर्माणका लागि उपभोक्ताले श्रमदानसमेत गरिरहेका छन् । यो बाँफिकोट गाउँपालिकाको सबभन्दा अग्लो ठाउँको सिँचाइ योजना भएको अध्यक्ष खत्री दाबी गर्छन् । जलवायुजन्य प्रकोपबाट क्षति नहुनेगरी निर्माण काम गर्ने सम्झौता भएको ८ नं. वडाध्यक्ष मनबहादुर केसीले बताए ।


नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका संयोजक भक्त भण्डारीले कार्यक्रममार्फत निर्माण हुने सबै योजना जलवायुमैत्री हुने जनाए । जलवायुमैत्री योजना जलवायु परिवर्तनको कारण जाने ससाना पहिरो, भूक्षयले क्षति नपुर्‍याउने गरी बनाइन्छ । बाँफिकोट गाउँपालिका ८, उक्त क्षेत्र सुख्वा भएकाले सिँचाइ योजना निर्माण गरी किसानको उत्पादन बढाएर आयआर्जनमा समेत सहयोग

पुर्‍याउने लक्ष्य राखिएको संयोजक भण्डारीले बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?