कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाली भित्र्याउँदै किसान

राजबहादुर शाही

मुगु — औंलबस्तीका किसानले बाली भित्र्याउन सुरु गरेका छन् । जौ, गहुँलगायत बाली भित्र्याउन किसान व्यस्त बनेका हुन् । कार्कीबाडा, चैन, सुकमढिक, गम्था, सेरी, फोतु लिब्रु, नार्थपु गुल्मा, जिमासिपलगायत बस्तीका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ भएको हो । 

बाली भित्र्याउँदै किसान

यार्साको सिजन नजिकिदै जाँदा किसानलाई बाली भित्र्याउने चटारो भएको छ । यस वर्ष अत्यधिक हिमपातसँगै समय अनुकूल वर्षा भएकाले बाली सपि्रएको किसानको भनाइ छ । यस वर्ष अन्न उत्पादन बढ्ने देखिएको किसानले जनाएका छन् । खेताबारीमा काटेको जौ-गहुँ बोक्दै घरमा जम्मा गर्ने र फुर्सद मिलाएर दाना निकाल्ने गरिएको छ । 'मंसिरमा जौ-गहुँ छर्न हतार भएजस्तै अहिले भित्र्याउने चटारो छ,' छायानाथरारा नगरपालिकाको कार्कीबाडाका सुकलाल कार्कीले भने, 'उत्पादन राम्रो भएकाले असिना पानी पर्ने डरले धमाधम काट्न थालेका छौं ।'

जिल्लाका लेकाली क्षेत्रमा भने जौ-गहुँ र उवा असारमा पाक्ने गरेको छ । किसानहरू बाली भित्र्याउने कामका लागि करिब एक सातासम्म व्यस्त रहन्छन् । असारमा लेकाली क्षेत्रको गहुँबाली काट्न उक्लिने गरेको स्थानीयको भनाइ छ । स्थानीयले खेतबारीमा जाँदा पशुचौपाया पनि सँगै लिएर जाने गरेका छन् । अहिले जौ-गहुँ टिप्दै गाईभैसी चराउने स्थानीयको दैनिकी बनेको छ । बारीमा जौ र गहुँका बाला झुलेका खत्याड गाउँपालिकाको सुकाढिक गाउँका कृषक राजबहादुर कार्कीले बताए । 'हिमपात र वषर्ा समयमै हुँदा बालीमा सुबिकाल देखिएको छ,' उनले भने, 'यस वर्ष गत वर्षको भन्दा दोब्बर अन्न भित्रिने हुने अनुमान छ ।' उनले वर्षेनि खाद्यान्न अभाव हुने गाउँमा समेत राम्रो उत्पादन भएको जनाए ।


किसानले गहुँ र जौ टिपेर सकेपछि खेतमा धान तथा पाखोमा कोदो, चिनो र सिमी लगाउने गरेका छन् । छायानाथरारा नगरपालिकाको कृषि शाखा अधिकृत केबी रोकाया गत वर्षको तुलनामा यो वर्ष गहुँ र जौ बाली दोब्बर उत्पादन भएको बताए । उनका अनुसार जिल्लाका चार वटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा सबैभन्दा बढी गहुँ र जौ उत्पादन हुने गरेको छ । मुगमकार्मारोङ गाउँपालिकामा भिरालो जमिन बढी भएकाले सिँचाइ सुविधा नहुँदा उवामात्र फल्ने गरेको छ ।

प्रकाशित : वैशाख २७, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?