कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिरबाट लडेर मृत्यु 

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका–८ लैखमको रापानी भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा ३८ वर्षीया गीता कुमारी खत्रीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लैखम निवासी खत्रीको उपचारको क्रममा मंगलबार जाजरकोट अस्पतालमा मृत्यु भएको हो ।


५/७ वर्षको अवधिमा उक्त भिरबाट लडेर ज्यान गुमाउनेको संख्या २० पुगेको वडा सदस्य मानबहादुर सिंहले बताए । लैखमका बासिन्दालाई घाँस दाउरा संकलनका रापानी भिर जानु पर्ने बाध्यता छ ।


प्रकाशित : जेष्ठ २१, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?