कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोट अस्पतालमा सप्टवेयर जडान

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआईएस) जडान भएको छ । भेरी नगरपालिकाको ६ लाख आर्थिक सहयोगमा सप्टवेरको उपकरण खरिद तथा जडान भएपछि अस्पतालको सेवा पारदर्शी हुने अपेक्षा गरिएको छ ।

जाजरकोट अस्पतालमा सप्टवेयर जडान

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मंगलबार उक्त सप्टवेर जडान हस्तान्तरण गरेका छन् । सप्टवेर जडान हस्तान्तरणसँगै नगरप्रमुख घर्ती कम्प्युटर प्रणालीबाट ओपिडी टिकट काट्ने पहिलो ब्यक्तिसमेत बनेका छन् । नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा अत्याधुनिक एचएमआईएस सप्टवेर जडान गरेको नगर प्रमुख घर्तीले बताए ।


जाजरकोट अस्पताल भेरी नगरपालिकाको मात्र नभएर जिल्लाका ७ वटै स्थानीय तहकका जनताको उपचार गर्ने थलो भएको उनको भनाइ छ । अस्पतालको चौतर्फी विकास तथा ब्यवस्थापनमा भेरी नगरपालिकाले सकृयता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धरमशीला बस्नेतले बताइन् । उनका अनुसार ५० शय्याको अस्पतालबाट २५ शय्याको सेवा पनि प्रवाह गर्न कठिन छ । 'भौतिक पुर्वाधार, विशेषज्ञ जनशक्ति लगायत अभावका कारण अस्पतालबाट गतिलो सेवा प्रवाह गर्न हुन सकेको छैन,' बस्नेतले भनिन् । जाजरकोट अस्पताललाई सुविधा सम्पन्न बनाउन चुनौतीको पहाडहरु खडा भएका छन्,' उनले भनिन् ।

प्रकाशित : जेष्ठ २१, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?