कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

दैनिक १२ घण्टा सडक बन्द

सल्यान — स्तरोन्नति गर्न थालिएको छत्रेश्वरी गाउँपालिका ३ को शंखमुख–दारिमज्युला–जलेखर्क हुँदै खर्सुबास जोड्ने सडकमा शनिबारदेखि १२ घण्टा यातायात अवरोध हुने भएको छ । गाउँपालिकाले सूचना प्रकाशन गरी यातायात सञ्चालन बन्द गरिएको हो ।

दैनिक १२ घण्टा सडक बन्द

सूचनाअनुसार शनिबारबाट बिहान ७ देखि ९, बिहान ११ देखि दिउँसो ३ सम्म र बेलुकी ५ देखि राति १० बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकालले अहिले ५ देखि ६ मिटर चौडाइ रहेको सडकलाई १० मिटर बनाउन थालेको छ । यसका लागि नाला निर्माण गरिने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । उनका अनुसार बाह्रैमहिना यातायात सञ्चालन गर्न शंखमूलदेखि खर्सुबाससम्मको ३० किमि सडक स्तरोन्नति गर्न थालिएको हो ।


सडक स्तरोन्नतिको काम गाउँपालिकाको आन्तरिक बजेट तथा आफ्नै डोजर प्रयोग गरी गर्न थालिएको छ । खर्सुबास, शंखमूल हुँदै अहिले तुलसीपुरसम्म बस सञ्चालन हुने गरेको छ । बर्खामा जलेखर्कभन्दा माथि गाडी जाँदैनन् । बाह्रैमहिना सहज आउजाउ गर्न सकियोस् भनेर स्तरोन्नति गर्न थालिएको अध्यक्ष केसीको भनाइ छ ।


सडक स्तरोन्नति गर्दा सञ्चालित यातायातका साधनलाई लामो समय एकै स्थानमा रोक्न नपरोस् भनेर सूचना प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडकाले बताए ।


३० किमिभन्दा बढी लम्बाइ भएकाले सडक स्तरोन्नति गर्न करिब १ महिना लाग्ने उनले जानकारी गराए । ‘१० मिटर सडक निर्माण भएमा ठूला गाडीलाई पनि साइड दिन समस्या हुने छैन,’ उनले भने, ‘यसले अहिले केही समय जनताले सास्ती पाए पनि भोलि सुख हुनेछ ।’ २०५० सालमा खनिएको यो सडक बल्ल स्तरोन्नति गर्न थालिएको उनले बताए ।

प्रकाशित : असार १, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?