१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रुकुम पश्चिममा ३ अर्ब प्रस्ताव

रुकुम पश्चिम — आगामि आर्थिक वर्ष ०७६/७७ का लागि जिल्लामा झन्डै तीन अर्ब बजेट खर्च गर्ने प्रस्ताव गरिएको छ । जिल्लाका ६ स्थानीय तहले २ अर्ब ७५ करोड ४८ लाख ३८ हजार रुपैयाँको बजेट गाउँ तथा नगर सभामा प्रस्तुत गरेका छन् ।

तीन नगर तथा तीन गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट आठबीसकोट नगरपालिकाले प्रस्ताव गरेको छ । उसले आगामी आर्थिक वर्षका लागि ६८ करोड २२ लाख बजेट नगरसभामा पेश गरेको छ । उपप्रमुख गीता नेपालीले नगर सभामा चालुतर्फ २५ करोड ७१ लाख र पुँजीगततर्फ ४२ करोड ५० लाखको बजेट प्रस्ताव गरिन् ।


मुसीकोट नगरपालिकाले साढे ६१ करोड बजेट प्रस्ताव गरेको छ । उप प्रमुख प्रेमकुमारी सुनारले ६१ करोड २७ लाख ९६ हजारको बजेट प्रस्तुत गरेकी छिन् । नगरपालिकामा सबैभन्दा कम चौरजहारी नगरपालिकाले ४३ करोड ५३ लाखको बजेट ल्याएको छ । गाउँपालिकातर्फ सबैभन्दा बढी त्रिवेणि गाउँपालिकाले बजेट प्रस्ताव गरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले ४० करोडको हाराहारीमा बजेट प्रस्ताव गरिएको र यस उपर छलफल सुरु भएको बताए । सानीभेरी गाउँपालिकाले ३२ करोड ९० लाख १४ हजारको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ करोड ५९ लाख र पुँजीगततर्फ ७ करोड ६५ लाख रुपैयाँ छ ।


गाउँपालिकातर्फ बाँफिकोट गाउँपालिकाले सबैभन्दा कम २९ करोड ५४ लाख बजेट प्रस्ताव गरेको छ । चालुतर्फ ९ करोड ९२ लाख १९ हजार ३ सय ९० र पुँजीगततर्फ ६ करोड ३२ लाख तथा संघबाट प्राप्त ससर्त १३ करोड २४ लाख बजेट आउने विवरण समेतको बजेट उपाध्यक्ष मनकला पुनले पेस गरेकी हुन् । असार मसान्तभित्रै नीति कार्यक्रम तथा बजेट पास गर्ने तयारी स्थानीय तहले गरेका छन् ।

प्रकाशित : असार १२, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?