कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुलहा-दुलहीसहित ४ जना मण्डपबाटै पक्राउ 

विप्लव महर्जन

सल्यान — प्रहरीले शारदा नगरपालिका–४ पिपलनेटामा विवाह भइरहेको अवस्थामा  दुलहा-दुलही सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले बाल विवाह गरिरेहको जोडी सहित चार जनालाई मण्डपबाटै पक्राउ गरेको हो । 

दुलहा-दुलहीसहित ४ जना मण्डपबाटै पक्राउ 

शारदा नगरपालिका–४ पिपलनेटामा बालबिबाह गरिरहेका १७ वर्षीय बालक, १८ वर्षीय बालिका, बालकका संरक्षक रहेकी आमा र विवाह गराउने ६६ वर्षीय पण्डितलाई पक्राउ गरेको हो ।


पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुलाई बालविवाह अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।


यो भन्दाअघि शारदा नगरपालिका २ टुनचौर र शारदा नगरपालिका ६ मधमकाँडामा बालविवाह रोकेको उनले जानकारी दिए ।प्रहरीले बाल विवाह गर्नेलाई कारबाही गर्दै आएपनि जिल्लामा बाल विवाह नरोकिएको अधिकारकर्मीले जनाएका छन् । बाल विवाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएपनि जनचेतनाको अभावका कारणले आझै बढ्दै गएको अधिकारकर्मीहरु बताउँछन् ।

प्रकाशित : असार २७, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?