डोल्पामा विद्युत अवरुद्ध
डोल्पा — जैरिगाड साना जलविद्युत आयोजनाको पेनस्टिक पाइपमा पहिरोले क्षति पुर्याएपछि सदरमुकाम आसपासका गाउँहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।
सोमबार बिहान ८ बजे खसेको पहिरोले पेनस्टिक पाइप जोडिएको हेड र पिल्लरहरुमा क्षति पुर्याएको विद्युत वितरण केन्द्र डोल्पाका मनबहादुर खड्काले जानकारी दिए । अहिले पहिरो पन्छाउने र टुंगा फुटाउने काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।
पाइप मर्मत गरेर विद्युत आपूर्ति गर्न अझै ५ दिने लाग्ने उनले बताए ।
प्रतिक्रिया