कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धर्म प्रचारको आरोपमा चार पक्राउ

विप्लव महर्जन

सल्यान — धर्म प्रचारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका १ शान्तीनगरस्थित धर्मबहादुर विकको घरमा क्रिस्चियन धर्मको प्रचारप्रसार गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

धर्म प्रचारको आरोपमा चार पक्राउ

पक्राउमा पर्नेमा रोल्पा नगरपालिका–६ झिङ्गसिल की ३० वर्षीया भीमकुमारी विक, दाङको घोराही उपमहानगरपालिका–१५ रामजानकी टोल बस्ने २८ वर्षीया चन्द्रकली रावत, २० वर्षीय तुलबहादुर परियार र रुपा सुनार छन् ।


पक्राउमा परेमा सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले जानकारी गराए ।


उनीहरुको विषयमा अदालतमा मुद्दा दर्ता भएर अनुसन्धान भैरहेको उनले जानकारी गराए । जर्बजस्ती धर्म परिवर्तन गराउन खोज्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनमा उल्लेख गरिएको उनको भनाई छ ।

प्रकाशित : भाद्र १, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?