कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

बाढीले मुहान बगाएपछि गगगढीमा विद्युत अवरुद्ध, तीन एफएमको प्रशारण बन्द 

राजबहादुर शाही

मुगु — भीषण बाढीले गमगाढ साना जलविद्युत आयोजनाको मुहान बगाएपछि जिल्ला सदरमुकाम गमगढी अन्धकारमय भएको छ । शनिबार मध्यान्ह भीषण वर्षातसँगै गमगाढ खोलामा ठूलो बाढी आएर बिद्युतको मुहान र हिलट्याङ्क बगाएको थियो ।

गमगढीमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण गमगाढ आयोजनाका निमित्त प्रमुख पुष्कर सुनारले जनाए । उनको अनुसार मर्मत गरेर विद्युत आपूर्ति सहज गर्न केही समय लाग्ने छ । शनिबार देखि विद्युत सेवा अवरुद्ध भएपछि करिव २ हजार ५ सय परिवार अन्धकारमा बस्नुपरेको छ ।

विशेष गरेर सरकारी तथा बैंकिङ सेवाहरु विद्युत आपूर्ति नहुँदा सञ्चालन गर्न कठिन भएको छ । तीनवटा एफएमको प्रशारण सेवा बन्द भएको छ ।


प्रकाशित : भाद्र १, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?