कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वरोजगारमूलक शिक्षामा जोड

मोहन शाही

डोटी — प्राविधिक शिक्षालाई स्वरोजगारमूलक बनाउनुपर्नेमा जोड दिइएको छ । दिपायलको सेती प्राविधिक शिक्षालयमा फ्राविधिक शिक्षासम्बन्धी गरिएको अन्तर्क्रिया कार्यत्रममा त्यसमा जोड दिइएको हो । 

स्वरोजगारमूलक शिक्षामा जोड

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम फ्रदेश कार्यालयले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यत्रममा प्रदेशका विभिन्न जिल्लामा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका परिषद् आंगिक विद्यालयका प्रमुख, शिक्षा क्षेत्रमा कार्यरत प्रतिनिधि, जनप्रतिनिधिलगायतको उपस्थिति थियो । प्राविधिक शिक्षा अध्ययनरत जनशक्तिले पढेलगत्तै जागिर खोज्ने प्रवृत्तिले

बेरोजगारी समस्या बल्झिएको कार्यक्रमका सहभागीको भनाइ थियो ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका प्रमुख डा.कुष्माकर भट्टले सुदूरपश्चिममा माक्र वार्षिक ६ हजार जनशत्ति उत्पादन भइरहेको जानकारी दिए । बर्सेनि हजारौंको संख्यामा उत्पादन भइरहेको जनशक्तिलाई सरकारले रोजगारी दिन असम्भव रहेको उनले अनुभव सुनाए । ‘सरकारले मुस्किलले वर्षमा २ देखि ३ सयसम्म प्राविधिक जनशक्तिका लागि लोकसेवा आयोगमार्फत माग गर्छ,’ भट्टले भने, ‘बाँकीको भविष्य के हुन्छ, त्यो समयमै सोच्न जरुरी छ । स्वरोजगारीतर्फ पनि सीपमूलक जनशक्तिलाई खपत गर्नुपर्छ ।’


सुदूरपश्चिममा प्रस्तावित आंगिक शिक्षालय ४, प्राविधिक शिक्षा पढाउने सामुदायिक विद्यालय ७७, शिक्षा विभागबाट मान्यता लिएका कक्षा ९ देखि १२ सम्म पढाइ हुने विद्यालय २५ र निजी क्षेक्रका गरी १ सय ३६ शिक्षण संस्था छन् । शिक्षण संस्था र जनशत्तिको मात्र उत्पादन नगरी यसको गुणस्तर र व्यवहार गतिविधिमा जोड दिनुपर्ने डा.भट्टको जोड थियो ।


डोटीका प्रमुख जिल्ला अधिकारी यदुप्रसाद यादवले प्राविधिक शिक्षा अध्ययन गर्ने व्यक्तिको नेपाल सरकारको प्रथम श्रेणीका कर्मचारीभन्दा पनि आकर्षक आम्दानी हुने सम्भावना भए पनि धेरैको आकर्षण सरकारी जागिरमै रहेको बताए । ‘स्वरोजगारमूलक ब्यवसायतर्फ प्रेरित गर्न अब जनप्रतिनिधिहरूले रणनीति बनाउन जरुरी छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘सबैले जागिर मात्र खोज्ने हो भने ठूलो समस्या निम्त्याउँछ ।’


दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्कासहित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नगर उपप्रमुख शिवराज खड्काले बढ्दो बेरोजगारी हटाउन सीपमूलक शिक्षाको महत्त्व रहेको बताए । अहिलेको शिक्षा व्यावहारिक रूपमा काम लाग्ने अवस्थामा नरहेकोसमेत उनको धारणा थियो ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?