२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

ग्रेडरले किचेर विद्यार्थीकाे मत्युपछि पाटन तनावग्रस्त, अश्रुग्यास प्रहारबाट दुई विद्यार्थी घाइते

डीआर पन्त

डडेलधुरा — शनिबार विमानस्थल कालोपत्रे गर्ने ग्रेडरले किचेर एकजना विद्यार्थीको ज्यान गएको घटनालाई लिएर बैतडीको पाटन बजार तनावग्रस्त भएको छ । विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभी निर्माण कम्पनीको ग्रेडरले किचेर शनिबार पाटन नगरपालिका-२ का पूर्णानन्द पाण्डेयको ज्यान गएकाे थियाे । विद्यार्थी आन्दोलनका कारण पाटन बजार बन्द हुनुका साथै यातायात पनि पूर्ण रुपमा प्रभावित भएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित पक्षसँग पाटन नगरपालिका प्रमुख, स्थानीय प्रहरीले छलफल गरिरहँदा आन्दोलित विद्यार्थीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुको साथै अश्रुग्यास समेत छोडेको थियो ।


विद्यार्थीहरुले भने शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीको लाठीचार्जबाट विद्यार्थी घाइते भएको दाबी गरेका छन् । पीडित पक्ष र प्रशासनबीच पीडितका परिवारलाई दश लाख क्षतिपूर्ति दिने, बिमाबाट पाउने रकम उपलब्ध गराउने र चालक माथि कारवाही गर्ने सहमति भएको प्रहरीले दाबी गरेको छ ।


विद्यार्थी आन्दोलनका कारण बैतडी, दार्चुलाबाट आउने सबै सवारी साधन पाटन क्षेत्रमै रोकिएका छन् । पाटन बजार र स्थानीय शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् ।

प्रकाशित : फाल्गुन २६, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?