फर्किए पाहुना चरा

मोहन बुढाऐर

धनगढी — जाडो छल्न तराईका सिमसार क्षेत्रमा बसाइँ सरेका चराहरू फर्किन थालेका छन्  । गर्मी सुरु भएपछि हिमाल तथा उच्च पहाडी क्षेत्रबाट आएका चरा फर्कन थालेका हुन्  ।

फर्किए पाहुना चरा

मध्य र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रबाट जाडो छल्न चराहरू कैलाली र कञ्चनपुरका सिमसार क्षेत्रमा आउँछन् ।

मंसिरको पहिलो र दोस्रो सातामा आउने पाहुना चरा फागुनको अन्तिमदेखि चैतको दोस्रो सातासम्म फर्किइसक्ने नेपाल पक्षी संघका फिल्ड अधिकृत हेरुलाल डगौरा थारूले बताए । उनका अनुसार हिमाली तथा पहाडी क्षेत्रबाट तिलहरी, जुरेली, कर्‍याङकुरुङ, मालकहाँस, सारस, हिमाली हाँस लगायत चरा कैलाली र कञ्चनपुरका सिमसार क्षेत्रमा आउने गरेका छन् ।

रामसारमा सुचीकृत भएको कैलालीको घोडाघोडी, लौकाभौकाहा, सुनियारुचिया, कमलपोखरी, कोलेही र कञ्चनपुरको बेदकोट, झिलमिला, शुक्लाफाँटा, रानीताल सिमसार क्षेत्रमा चराहरू बढी देखिने गरेका छन् । नेपालमा ५६ प्रजातिका हिमाली तथा उच्च पहाडी क्षेत्रका चराहरूले जाडो मौसममा तराई आउने गरेका छन् ।

रारा र फोक्सुन्डो लगायत उच्च पहाडी क्षेत्रमा रहेका तालतलैयाबाट समेत चराहरू आउने गरेका छन् । नेपाल पक्षी संघ काठमाडौंले यो वर्ष गरेको गणनाअनुसार कैलालीमा २ सय ७४ प्रजातिका चराहरू फेला परेका छन् ।

कञ्चनपुरमा ४ सय २४ प्रजातिका चरा पाइन्छन् । पक्षी संघका फिल्ड अधिकृत थारूले नेपालको वन्यजन्तु ऐनअनुसार संरक्षित सूचीमा रहेका राजधनेश समेत कैलालीमा भेटिएको बताए ।

प्रकाशित : चैत्र ८, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?