३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चन्द समूहका जिल्ला सचिव पक्राउ

बझाङ — नेक्रवित्रम चन्द समुहका बझाङ जिल्ला सचिव भरत मल्ललाई प्रहरीले सोमवार पक्राउ गरेको छ । धनगढीबाट बझाङ आउदै गरेका मल्ललाई प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेको हो । 

पक्राउपछि केदारस्यूा गाउपालिकामा रहेको उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने दुई गोली बरामद भएको प्रहरीले जनाएको छ । मल्लको घरबाट विद्युतिय तार १० मिटर, बम बनाउन प्रयोग गरिने पाईप (सकेट) एक थान र ५ ग्राम लागुऔषध चरेस बरामद गरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए । मल्लले जवरजस्ती चन्दा संकलन गरेको, ज्यान मार्ने तथा विभिन्न संघ संस्थाका गतिविधिमा प्रतिबन्ध लगाउने धम्कीसमेत दिएकाले पक्राउ गरिएको केसीले बताए ।

प्रकाशित : वैशाख ४, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?