कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछाममा चट्याङ लागेर एकको ज्यान गयो

मेनुका ढुंगाना

अछाम — जिल्लाको मेल्लेख गाउँपालिका ६ शोडषामा चट्याङ लागेर एकको ज्यान गएको छ । घाँस काट्न जंगल गएको बेला बुधबार दिउँसो साढे चार बजेतिर पानी परेको बेला चट्याङ लागे १८ बर्षिया हिउँकलाकुमारी बोहराको ज्यान गएको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।

'घाँस काट्न तीन जना गएका रहेछन् । दुई जना एक रुखमा र हिउँकला अर्को रुखमा अडेस लागेको बेला उनी अडेस लागेकै रुखमा चट्याङ परेको पाइयो ।' गाउँपालिका अध्यक्ष बोहराले भने ।


घटनास्थलमा प्रहरी पुगेको र शव उठाउने तयारी भएको प्रहरी प्रमुख जनकबहादुर शाहिले जानकारी दिए ।

प्रकाशित : वैशाख ४, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?