कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्त नदीमा जलयात्रा

भीमदत्त नगरपालिका ९, खल्लादेखि करिब १२ किमि उत्तरबाट सुरु हुने जलयात्रा निकै रोमाञ्चक र उत्साहपूर्ण हुन्छ ।
भवानी भट्ट

कञ्चनपुर — पारि (भारततर्फ) को डाँडोमा प्रसिद्ध पूर्णागिरी माताको मन्दिर  । वारिको डाँडामा ठूलोे गुफा  । बीचमा महाकाली नदी । दुवै डाँडाको खोँचमा अनवरत बगिरहने नदीको कुनै आवाज छैन । बर्खा होस् वा हिउद, कहिल्यै आवाज ननिस्कने शान्त महाकाली । यो ठाउँलाई नबोल्ने नदी पनि भनिन्छ । यही शान्त ठाउँबाट सुरु हुन्छ जलयात्रा ।

शान्त नदीमा जलयात्रा

भीमदत्त नगरपालिका ९, खल्लादेखि करिब १२ किमि उत्तरबाट सुरु भएको जलयात्रा निकै रोमाञ्चक र उत्साहपूर्ण हुन्छ ।

प्रायः शान्त र एकनाश बग्ने महाकालीको बीच–बीच राम्रे छाल पनि छन् । पहिलोपटक जलयात्रा गर्नेलाई ¥यापिडनजिक पुग्दा उत्साहसँगै डर पनि थपिन्छ । तर ¥यापिडमाथिको जलयात्राले झनै आनन्ददायक र साहसी बनाउँछ । झन्डै १ घण्टाको जलयात्राले पर्यटकलाई भरपूर आनन्द दिन्छ । नदीको शान्त ठाउँदेखि खल्लासम्म आधा दर्जन ¥यापिड पर्छन् ।

पहिलोपटक जलयात्रा गर्नेका लागि यी स्थान निकै रोमाञ्चक लाग्छन् । ‘जलयात्राको रमाइलो ¥यापिडमै हुन्छ,’ महाकालीमा लामो समयदेखि भारततर्फबाट जलयात्रा गराइरहेका राजु गडकोटीले भने, ‘यो रोमाञ्चसँगै साहसिक खेल पनि हो ।’ खल्लाको ठीक पारिपट्टि भारतको बुम क्षेत्रमा र्‌याफ्टिङ कम्पनीले पर्यटकलाई जलयात्रा गराउँदै आएका छन् । यहाँ जलयात्राका लागि आन्तरिकसँगै बाह्य पर्यटक आउने गरेको गडकोटी बताउँछन् ।

उनका अनुसार तत्कालीन राजपरिवारका सदस्यसमेत यहाँ आउने गरेका छन् । महाकालीमा भीमदत्त नगरपालिकाले पनि जलयात्राको अन्तिम तयारी गरिसकेको छ । पुसमा परीक्षण गरिएपछि यसको सम्भावना राम्रो देखिएकाले व्यवसायीहरू आकर्षित देखिएका हुन् ।

पश्चिम नेपालका कर्णाली र सेतीलगायत नदीमा जलयात्रा गराइरहेको कर्णाली र्‌याफ्टिङ एडभेन्चर प्रालिले यहाँ पनि जलयात्राको अनुमति लिइसकेको छ । ‘स्थानीय तहसँगको सहकार्यमा हामी छिट्टै महाकालीमा जलयात्रा सुरु गर्ने तयारीमा छौं,’ सञ्चालक देवराज जैशीले भने, ‘यहाँको सम्भावनाबारे पटकपटक अध्ययन गरिसकेका छौं ।’

गत साता खल्लामा स्थानीय तहका जनप्रतिनिधिसँगै दुवैतर्फका र्‌याफ्टिङ व्यवसायीबीच छलफल पनि भएको थियो । छलफलमा व्यवसायीहरूले महाकालीको बहु उपयोगका लागि मिलेर जानुपर्नेमा जोड दिएका थिए । बढी व्यवसायीहरू आउ“दा पर्यटकको चाप पनि बढ्ने उनीहरूको निष्कर्ष छ । स्थानीयलाई पनि रोजगारीस“गै जोड्न घरबास तथा कृषि उत्पादनमा जोड दिनुपर्ने उनीहरूले बताए ।


महाकाली सीमा नदी हो । हालसम्म यसको चर्चा ऊर्जा सिँचाइका लागि मात्रै भएको छ । तर, साहसिक जलयात्राबाट पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । महाकालीमा भारतीय व्यवसायीबाट मात्रै जलयात्रा भइरहेको छ । जलयात्रा गर्न र गराउन पाउन नेपालीको पनि अधिकार हो । उक्त अधिकार प्राप्तिका लागि समेत यहाँ र्‌याफ्टिङ सुरु गर्नुपर्ने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट बताउँछन् ।


‘सीमा नदीलाई बहुउपयोग गरी यस क्षेत्रमा पर्यटन विकाससँगै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ,’ विष्टले भने, ‘पुसमा हामीले सफल परीक्षण गरिसकेका छाैं, अब यसलाई व्यावासायिक रुपमा अघि बढाउने तयारीमा छौं ।’ स्थानीय स्तरमा भारतीय सुरक्षाकर्मी र जनप्रतिनिधिहरूसँग पनि छलफल गरिसकेको उनले बताए । यहाँ जलयात्रा सुरु भए नगरपालिकाकै विकट क्षेत्रका रूपमा रहेका खल्ला मुसेट्टीका बासिन्दाले प्रत्यक्ष लाभ लिन पाउनेछन् । पूर्णागिरी मातादेखि खल्लामा रहेको प्राचीन सिद्धबाबा मन्दिर पुग्ने धार्मिक जलमार्गका रूपमा पनि जलयात्रालाई लिन सकिन्छ । फागु पूर्णिमादेखि असारसम्म चल्ने पूर्णागिरी मेलाले दुवैतर्फ चहलपहल बढाएको छ ।


पूर्णागिरिको दर्शनपछि सिद्धबाबाको पनि दर्शन गर्नैपर्ने धार्मिक मान्यता भएकाले जलयात्रालाई यसस“ग पनि जोड्न सकिन्छ । प्राचीनकालमा सिद्धबाबा पूर्णागिरीका भक्त थिए । बीचमा महाकाली बेगले बग्दा दुवैको संवादमा असर पथ्र्याे । पछि पूर्णागिरी माताले महाकालीलाई शान्त भएर मात्रै बग्ने अनुमति दिएकाले उक्त ठाउँमा बर्खामा समेत नदीले आवाज निकाल्दैन भन्ने किंवदन्ती छ ।


महाकालीमा अहिले पनि दार्चुलाको सीमा नाका जोलजिवीबाट खल्ला, परशुरामदेखि खल्ला र नबोल्ने नदीदेखि खल्ला गरी विभिन्न चरणमा र्‌याफ्टिङ भइरहेको छ । विश्वमै दुर्लभ मानिएको महाशिर माछा फिसिङ गर्न सकिने एक मात्र नदी महाकाली हो ।

प्रकाशित : वैशाख १०, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?