कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

अर्जुन शाह

धनगढी — नेत्रविक्रम चन्द समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

चन्द समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धव भाटका अनुसार उनीहरुलाई बुढीगंगा नगरपालिकाको अमकोटबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा भरत थापा, पवित्रा विकलगायत रहेको डिएसपी भाटले बताए ।


यसअघि कैलालीमा १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।


कैलाली प्रहरीले पक्राउ गरेकाहरुमा सेती महाकाली सदस्य डबल शाह, रुपेश देवकर, जगत आउजी, धुव्र सञ्ज्याल, उदयराम थापा, उदयराम थापा, सीता उदेकर, इन्द्रबहादुर बम, कृष्णबहादुर शाही, बन्धुकुमारी चन्द, बलबहादुर विसी, पुष्पराज न्यौपाने र दानबहादुर फडेरा रहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रकाशित : वैशाख १७, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?