कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा वडा सदस्यको मृत्यु

बसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिका ७ का वडा सदस्य नरेश महरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बिहीबार  मोटरसाइकल सिक्ने क्रममा घाइते महरको उपचारको क्रममा मृत्यु भएको हो । वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल सिक्दै गरेको अवस्थामा दुर्घटना भएको थियो । मृतक महरले बिनाहेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते महरको थप उपचारका लागि काठमान्डौ लैजान समयमै हेलिकप्टर नपुग्दा मृत्यु भएको आफन्तले दाबी गरेका छन् । महरको शुक्रबार बिहान दाह संस्कार गरिने जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले बताए ।









प्रकाशित : जेष्ठ ३०, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?