कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसूति सेवाको रकम फ्रिज

बाजुरा — कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा स्थापनाका लागि आएको रकम फिर्ता भएको छ । आव ०७५/७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरी सेवा सुचारु भइसक्ने भनिए पनि काम नभएपछि रकम फिर्ता भएको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना र सामान खरिदका लागि १० लाख र स्वास्थ्यकर्मी ब्यबस्थापनका लागि २० लाख रुपैया बिनियोजन भएको थियो । सामान खरिद गर्ने काम भएपनि कर्मचारी नराख्दा २० लाख रकम फिर्ता भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरीले बताए ।


‘कर्मचारी राख्न नगरपालिकामा रकम आएको थियो’ डा.चौधरीले भने, ‘नगरपालिकाले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता भएको हो ।’ उनका अनुसार एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक चिकित्सक, एक स्टाफ नर्स, एक एनेथिसिया र एक कार्यालय सहयोगिको ब्यबस्थापन गर्नुपर्ने थियो । आपसी खिँचातानी र तालमेल नमिल्दा स्वास्थ्य कार्यालयमा कर्मचारी नै नराखी बजेट फिर्ता गएको उनले बताए ।


सामान खरिदका लागि स्वास्थ्य कार्यालयमा रकम आएको थियो, आबश्यक पर्ने सामान सबै खरिद गरिसकेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले वताए । कर्मचारी ब्यबस्थापन नगरपालिकामै रहेको उनले वताए । बाजुराका ४ स्थानिय तह, मुगुका २ र हुम्लाका २ स्थानिय तह लक्षित गरि सरकारले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापना गर्ने लक्ष्य रहेको थियो ।


सेवा सञ्चालनमा नहुँदा त्यो क्षेत्रमा जटिल खाले सुत्केरीका लागि निकै सास्ती रहेको हिमाली गाउँपालिकाका स्थानिय गोरख सार्कीले बताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहीलाई परिवार कल्याण महाशाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । बुढीनन्दा नगरपालिका र डा. शाही बिच पारिश्रमिकमा कुरा नमिल्दा शाहीले काम नगरेको र अन्य चिकित्सक भने नपाईएको स्वास्थकर्मीहरू बताउछन ।


सरकारले गएको आर्थिक बर्षमा मात्र आकस्मिक सेवा सञ्चालनमा नआउँदा जटिल अवस्थाका सुत्केरीलाइ हवाई सेवा मार्फत २ जनालाइ उद्धार गरिएको थियो । यता बुढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मिले भने व्यवस्थापनमा कमजोरी र तालमेल नमिल्दा रकम फिर्ता गएको स्वीकार गरेकी छन् । उनले यो आर्थिक बर्षमा भने जसरी पनि रकमको व्यवस्थापन गरी स्थानिय महिलालाई आकस्मिक प्रसुती सेवा प्रदान गर्ने बताएकि छन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?