कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा ३ दिनपछि आयो टेलिकमको नेटवर्क

कान्तिपुर संवाददाता

डोल्पा — जुम्लाको चिमरा लेकमा रहेको टावरमा चट्याङ्ले क्षति पुर्‍याएपछि अवरुद्ध नेपाल टेलिकमको नेटवर्क तीन दिनपछि सञ्चालनमा आएको छ । आइतबार बेलुकी नेटवर्क सञ्चालन भए पछि सेवाग्राही खुसी भएका छन् ।

बिहीबार बेलुकी ६ बजेतिर परेको चट्याङले टावरको विभिन्न उपकरणहरुमा क्षति पुर्‍याएकाले ल्यान्डलाइन टेलिफोन, नमस्ते मोबाइल, सिडिएमए प्रणालीका फोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको थियो । आइतबार बिहान नेपालगञ्जबाट नयाँ उपकरण लगेर फेरेपछि सम्पूर्ण नेटवर्कहरु सञ्चालनमा आएको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए ।

प्रकाशित : श्रावण २६, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?