कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोजक पहिलो खेलमै पराजित

मोहन बुढाऐर

धनगढी — सर्वाधिक धनराशि पुरस्कारको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा विजयी भएको छ । मेचीले सडन डेथका आधारमा आयोजक सुदूरपश्चिम–११ लाई पराजित गरेको हो ।

आयोजक पहिलो खेलमै पराजित

निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । सुरुआती पेनाल्टी बराबरी भएपछि सडन डेथका आधारमा निर्णय भएको हो । मेचीले ७–६ को आधारमा खेल जित्यो ।


सडन डेथमा लावल ओलाकानको प्रहार आकासिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो । काँकडभिट्टाका भूषण लिम्बु, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बु, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सन कन्दङवा र लक्ष्मण जिसीको प्रहार गोल हुन सकेन । गोलकिपर दीप कार्कीले सुदूरका माधव भण्डारी र राकेश हमालको प्रहार बचाए भने अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारुले गोल गरेका थिए ।


गोलकिपर दीप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

धनगढी रंगशालामा खेलको अधिकांश समय आक्रामक रणनीतिमा उत्रेको घरेलु टोलीले दर्शकको भरपुर साथ पाए पनि निर्धारित समयमा गोल गर्न सकेन ।


बुधबार मोरङ ११ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए । यसअघि धनगढीको चौराहदेखि मुख्य बजारमार्ग हुँदै आयोजनास्थलसम्म झाँकीसहित र्‍याली गरिएको थियो । धनगढीको रंगशालामा माघ ५ सम्म चल्ने प्रतियोगिता १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।


प्रकाशित : पुस २५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?