कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दीपको सिलेट विजयी

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दिप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पहिलो जित दर्ता गरेको छ ।

चित्तागोङ भिकिङ्सलाई ५ रनले हराएको खेलमा सन्दीपले विकेट लिन सकेनन् तर किफायती बलिङ गरे । उनले एक जनालाई रनआउटसमेत गरे ।


शेर–ए–बंगला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार १ सय ६९ रनको लक्ष्य पछ्याएको चित्तागोङ भिकिङ्सविरुद्ध सन्दीपले ४ ओभरमा २१ रन खर्चिएका थिए । उनले इनिङको सातौं, १२, १४ र १६ औं ओभरमा बलिङ गरे । आफ्नो स्पेलको अन्तिम बलमा उनले एक चौका सामना गरे ।


सन्दीपले आफ्नो पहिलो ओभरमा ४, दोस्रोमा ३, तेस्रोमा ५ र चौथोमा ९ रन खर्चेका थिए । विकेट लिन नसके पनि सन्दीपले एउटा महत्त्वपूर्ण रनआउट गरेका थिए । आठौं ओभरमा अफिफ हुसेनको दोस्रो बलमा सन्दीपले २२ बलमा ३८ रन बनाएर खेलिरहेका दक्षिण अफ्रिकाका क्यामरुन डेलपोर्टलाई रनआउट गरे ।


प्वाइन्टको क्षेत्रबाट उनले फालेको बल सिधै स्टम्पमा लागेको थियो । भिकिङ्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सकेपछि सिलेटको ५ रनको रोचक जित सम्भव भयो । भिकिङ्सका लागि डेलपोर्टका अलामा रुवी सिकन्दर राजाले ३७ र रुवी फ्रिलिंकले अविजित ४४ रन बनाए ।


यसअघि टस जितेको सिलेटले कप्तान डेविड वार्नरको ५९ रनको सहयोगमा ५ विकेट गुमाएर १ सय ६८ रन बनायो । वार्नरले ४७ बलमा २ चौका र १ छक्का प्रहार गरे । छैटौं नम्बरमा ब्याटिङमा आएका निकोलस पुरनले ३२ बलमा ३ चौका र ३ छक्का सहयोगमा अविजित ५२ रन बनाए । बलिङमा रुबी फ्रिलिंकले ३ विकेट लिए ।


यसअघि कोमिल्ला भिक्टोरियन्सविरुद्ध सन्दीपले २ विकेट लिएको खेलमा सिलेट ४ विकेटले पराजित भएको थियो ।

प्रकाशित : पुस २६, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?