कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीको रोमाञ्चक जित

पवन यादव

सिमरा — त्रिभुवन आर्मी क्लब बाराको सिमरा रंगशालामा सञ्चालित दसौं सिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा विजयी भएको छ ।

आर्मीको रोमाञ्चक जित

आर्मीले नेपाल एपीएफ महिन्द्रा क्लबलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।


आमनेसामने भएका २ विभागीय टिमको प्रतिस्पर्धा हेर्न आइतबार रंगशालाको दर्शकदीर्घा भरिभराउ थियो । शनिबार मात्र वीरगन्जमा विशाल गोल्डकपको उपाधि हात पारेको थकान मेटाउन नपाउँदै आर्मीले एपीएफको चुनौती खेप्नुपर्‍यो ।


थकित आर्मीका खेलाडीउपर दबाब बनाउँदै एपीएफले १–० को अग्रता लियो । एपीएफका राजन गुरुङले ३३ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे । ४३ औं मिनेटमा टंक बस्नेतले गोल गरी आर्मीलाई बराबरीमा ल्याए । दोस्रो हाफमा रणनीति फेर्दै मैदानमा उत्रिएको एपीएफबाट आशिष लामाले ४७ औं मिनेटमा गोल थप्दै खेललाई २–१ को स्थितिमा पुर्‍याए । आर्मीका गोलरक्षकले फर्काएको बललाई नियन्त्रण गर्दै उनले गोलको दिशा दिएका थिए ।


आर्मीका लागि ७६ औं मिनेटमा दीपक गुरुङले गोल गर्दै पुन: खेललाई २–२ को बराबरीमा ल्याए । ८६ औं मिनेटमा आर्मीका सुदिल राईले गोल थप्दै खेललाई ३–२ को रोमाञ्चक बनाए । त्यसपछि निरन्तरको काउन्टर एट्याक गरेको आर्मीबाट टंक बस्नेतले चौथो गोल थपे ।


एपीएफका प्रशिक्षक रत्न महर्जनले ४ राम्रा अवसर गुमाउँदा हार व्यहोर्नुपरेको बताए । ‘पाएका थुप्रै मौका सदुपयोग गर्न सकिएन,’ उनले भने, ‘७ मिनेट बाँकी रहँदा पनि स्कोर तान्न सकिएन ।’ सुरक्षित बसेर खेलेको टिम मध्यान्तरपछि

हतारिँदा नतिजा आफ्नो पक्षमा आउन नसकेको उनले बताए ।


त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफमा आफ्नो टिम काउन्टर एट्याकको योजनासाथ मैदान छिरेको बताए । ‘काउन्टर एट्याक गरिरहे पनि खेलमा लय आउन नसक्दा पहिलो हाफमा गोल खायौं,’ उनले भने ।


आर्मीका दीपक गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार र ट्रफी हात पारे । सिमरा गोल्डकपको सुरुवातदेखि अहिलेसम्मका सबै प्रतियोगितामा निरन्तर खेल प्रदर्शन गर्दै आएका गुरुङलाई आयोजकले थप १० हजार नगद र सम्मानपत्रबाट सम्मानित गर्‍यो ।

प्रकाशित : माघ ७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?