कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

तीन खेलाडी रुस्लानको ब्रान्ड एम्बासडर

काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्खा, उपकप्तान ज्ञानेन्द्र मल्ल र अनुभवी खेलाडी शरद भेषावकर रुस्लान क्रिकेटको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

तीन खेलाडी रुस्लानको ब्रान्ड एम्बासडर

एकवर्षे सम्झौता मूलत: प्राथमिक तहको क्रिकेट विकासमा केन्द्रित रहेर देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने रुस्लानले विज्ञप्तिमार्फत जनाएको छ । क्रिकेट विकासको आफ्नो अभियानमा पारस, ज्ञानेन्द्र र शरदलाई जोड्न पाएको खुसी लागेको रुस्लानको भनाइ छ ।


‘खेलकुद क्षेत्रमा ठूलो योगदान दिएर नेपाललाई विश्वसामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीले क्रिकेट विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्,’ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।


सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शशिन जोशीले विश्वास, उत्कृष्टता र दृढता नेतृत्वको आधार भएकाले यही विशेषतासँग जोडिएर खेलकुदको क्षेत्रमा रुस्लानले आफूलाई दरिलो रूपमा प्रस्तुत गर्दै आएको बताए ।

प्रकाशित : माघ ९, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?