कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिम्न्यास्टिक एकीकरण

नेतृत्वमा प्रधान, सिंह सहअध्यक्ष

काठमाडौँ — अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघलाई एकीकरण गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ एकीकरण गरिएको हो ।

जिम्न्यास्टिक एकीकरण

नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको नेतृत्वमा दुई जिम्न्यास्टिक संघ अस्तित्वमा थिए । प्रधान नेतृत्वलाई अन्तर्राष्ट्रिय र सिंह नेतृत्वलाई राष्ट्रिय मान्यता थियो ।


बुधबार प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन गरेर एकीकरण गरिएको हो ।

दुवै पक्षसँग छलफल गरी राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिले बुझाएको प्रतिवेदनका आधारमा राखेपले जिम्न्याष्टिक संघ पुनर्गठन गरेको हो ।


एकीकरण घोषणा कार्यक्रममा खेलकुदमन्त्री जगतबहादुर सुनार नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, सांसद उमेश श्रेष्ठ, राखेप उपाध्यक्ष तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायत उपस्थित थिए ।


पुनगर्ठित संघको सहअध्यक्षमा किशोरबहादुर सिंह, उपाध्यक्षत्रयमा गीता राणा, बाबुराम थापा र राजेश खड्का, महासचिवमा मुकुन्द शर्मा तथा सचिवमा मुकुन्दलाल नकर्मी र वचन देउजा छन् । सदस्यमा जनक भट्टराई, शैलेन्द्र श्रेष्ठ, पूरन गिरी, इन्दिरा दाहाल, सुशीलप्रकाश प्रधान, कुश्मिला आचार्य, शंकर पौडेल, रामेश्वर जोशी, सूर्यबहादुर अधिकारी, प्रमिला सिंह, रामप्रसाद बराल, अरुण राठी, मोहन भट्ट, दीपक प्रजापती, पूर्णमान वज्राचार्य, प्रवीण उप्रेती, सन्देश मानन्धर, सुनीलमान सिंह, विष्णुनारायण बाछा र रुपेश बस्नेत छन् ।


मनोनीतलाई बुधबारै खेलकुदमन्त्रीले मनोनयन पत्र हस्तान्तरण गरे । पत्रमा संघलाई समयसापेक्ष विधान संशोधन गर्दै राखेपबाट स्वीकृत गरी तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।


मन्त्री विश्वकर्माले जिम्मेवारीबोधसाथ दुई संघका पदाधिकारी एकीकृत हुन राजी भएकोमा दुवै पक्षलाई धन्यवाद दिँदै एकीकरणका लागि समितिले गरेको मिहिनेत र भूमिका सकारात्मक रहेको बताए । उनले जिम्न्याष्टिकको एकीकरण सन्देशले अन्य संघको विवाद पनि मिल्दै जाने विश्वास व्यक्त गरे ।


एनओसी अध्यक्ष श्रेष्ठले खेलकुदका साथै हरेक क्षेत्रमा हुनुपर्ने एकता भएकोमा खुसी लागेको बताउँदै एकताले नै चौतर्फी सफलता मिल्ने धारणा व्यक्त गरे ।


उपाध्यक्ष तिम्सिनाले विवादमा रहेका अन्य खेल संघलाई पनि व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता जनाए । सदस्य–सचिव विष्टले खेलकुद क्षेत्रको समृद्धिका लागि खेलकुदमा रहेका सबै किसिमका विवाद अन्त्य गर्न जरुरी रहेको औंल्याए ।


एसियाली जिम्न्याष्टिक

युनियनका उपाध्यक्ष समेत रहेका प्रधानले खेलकुद मन्त्रालय, राखेप र समितिले दिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने प्रतिवद्धता जनाए ।


उनले राम्रो समझदारीबाट संघलाई अगाडि बढाउनुका साथै जिम्न्याष्टिकको स्तरवृद्धिमा एकजुट भएर काम गर्ने बताए । सहअध्यक्ष सिंहले विगतका कमीकमजोरी बिर्सेर जिम्न्याष्टिक विकासमा सक्रिय हुनुपर्ने बताए ।

प्रकाशित : माघ १०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?