२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

महिला फुटबल टोली घोषणा

काठमाडौँ — नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भारतमा हुने चार राष्ट्रसम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्न शुक्रबार २३ खेलाडीको टोली घोषणा गरेका छन् ।

भुवनेश्वरमा फेब्रुअरी ७ देखि १७ सम्म हुने उक्त प्रतियोगितामा भारतले नेपालसहित म्यानमार, श्रीलंकालाई निम्त्याएको छ ।


यसलाई नेपालले साफ महिला च्याम्पिनयसिप तयारीका रूपमा लिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले मार्चदेखि विराटनगरमा साफ महिला च्याम्पियनसिप आयोजना गर्दै छ ।


छनोट खेलाडीमा गोलरक्षकमा अन्जना रानामगर, उषा नाथ, एन्जिला तुम्बापो सुब्बा, रक्षकमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, सुनीता चौधरी, पूजा राना, मनमाया लिम्बु, मध्यपंक्तिमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मन्जलीकुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता केसी तथा स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, नीरु थापा (कप्तान) र सावित्रा भण्डारी छन् ।


भारत जाने टोली २० सदस्यीय बनाइने एन्फाले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?