कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएईविरुद्ध नेपालको रवाफिलो जित [अपडेट]

सोमपालले ५ र सन्दीपले ४ विकेट लिए

काठमाडौँ — नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो ।

यूएईविरुद्ध नेपालको रवाफिलो जित [अपडेट]

यूएईको ब्याटिङलाई धराशयी बनाउने क्रममा नेपालका सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए ।

सोमपालले ६.३ ओभर बलिङ गर्दै ५ विकेट लिए । उनले १ ओभर मेडन राख्दै ३३ रन खर्चिए । यस्तै सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभर मेडेन राख्दै सोही ओभरमा ३ विकेट लिए ।


३ खेलको शृंखला नेपालको विजयपछि १/१ को बराबरीमा आएको छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।


....

नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई २४३ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन बनायो । नेपालका सोमपाल कामीले यूएई विरुद्धको दोस्रो एकदिवसीय अन्तर्रष्ट्रिय क्रिकेटमा ४ विकेट लिएका छन् । उनले ६ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले पनि आफ्नो दोस्रो ओभर मेडन राख्दै ३ विकेट लिए ।

नेपालको तर्फबाट रोहितकुमार पौडेलले अर्धशतक पुरा गरे । उनले ५८ बलमा ५५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । उनको प्रयासमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनायो ।


यसैगरी ज्ञानेन्द्र मल्लले ६१ बलमा ४४, विनोद भण्डारीले ४६ बलमा २१, पारस खड्काले ३१ बलमा २१ रन प्रहार गरे ।


ज्ञानेन्द्र मल्लपछि नेपालि ब्याट्सम्यानले खासै राम्रो खेल्न नसकेपनि छैटौं नम्बरमा आएका रोहितले इनिङ्स उकासेका थिए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले १२ बलमा १०, पवन सर्राफले १५ बलमा ८, आरिफ शेखले ४९ बलमा २९, करण केसीले ११ बलमा १८ रन प्रहार गरे ।


यस्तै सन्दीप लामिछाने र ललितनारायण राजवंशी अविजित रहँदै क्रमशः १४ र ३ रन प्रहार गरे ।


बलिङतर्फ यूएईका अमिर हायत र इमरान हैदरले ३/३ विकेट लिए । कप्तान मोहम्मद नाविद, जाहुर खान र अस्फाक अहमदले १/१ विकेट लिए ।

तीन एक एकदिवसीय शृंखलामा घरेलु टिमले यूएईले १- ० को अग्रता लिएको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ३ विकेटले पराजित भयो ।

पहिलो खेलमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपालले सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ । आजको खेल हारेमा नेपालले तेस्रो खेल खेल्नुअगावै सिरिज गुमाउने छ ।

थप अपडेटका लागिः

प्रकाशित : माघ १२, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?