कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियामा नयाँ शक्ति

एसियन कप
एएफपी

अबुधाबी — कीर्तिमानी चारपल्टको च्याम्पियन जापानलाई ३–१ ले स्तब्ध पार्दै शुक्रबार कतारले ऐतिहासिक रूपमा पहिलोपल्ट एसियन कप फुटबलको उपाधि उचालेको छ ।

एसियामा नयाँ शक्ति

कतारका स्ट्राइकर अल्मोज अलीको नाममा एसियन कपको एकै संस्करणमा सर्वाधिक गोलको कीर्तिमान पनि बनेको छ । उनले प्रतियोगितामा ९ गोल गरे ।


सुडानमा जन्मिएका स्ट्राइकर अलीले १२ औं मिनेटमा एक्रोब्याटिक किकमार्फत कतारलाई अग्रता दिलाए । अब्देलाजिज हतिमको उत्कृष्ट दोस्रो गोल र भिडियो असिस्टेन्ट रेफ्री (भार) मार्फत पाएको पेनाल्टीमा अक्रम अफिफले गोल गरी कतारलाई ऐतिहासिक ट्रफी दिलाए । कतारले तीन वर्षपछि सन् २०२२ को विश्वकप आयोजना गर्नेछ ।


यूएईले योग्यतामाथि उजुरी गरेपछि अल्मोजको फाइनल खेल अनिश्चित बनेको थियो । तर खेलको केही घण्टाअघि मात्रै खेल्ने अनुमति दिइएको थियो । यूएईविरुद्धको सेमिफाइनलमा कतारले ४ गोल गर्दा अल्मोजले १ गोल गरेका थिए ।


कतारले फाइनलसम्म पुग्दा पूर्व च्याम्पियनहरू दक्षिण कोरियालाई क्वाटरफाइनल, इरानलाई अन्तिम १६ र साउदी अरेबियालाई समूह चरणमा हराएका थिए । यसअघि जापान एसियन कप फाइनल पुगेर पराजित हुनुपरेको थिएन ।


जापान २०११ मा पछिल्लोपल्ट च्याम्पियन भएको थियो । इरान र साउदीले ३–३ तथा दक्षिण कोरियाले २ पटक एसियन कप जितेका छन् ।

प्रकाशित : माघ १९, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?