कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्यान्टु र नविता विजेता

काठमाडौँ — नेपाल पुलिसका खेलाडीद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिसमा मंगलबार उपाधि जितेका छन् । पुरुषमा स्यान्टु र महिलामा नविता च्याम्पियन भएका छन् ।

स्यान्टु र नविता विजेता

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११–६, १३–११, ११–५, ११–६ को सोझो सेटमा हराएर उपाधि जिते । आर्मीका कृष्ण थापामगरले एपीएफका सुनील महर्जनलाई ४–१ को सेटले हराउँदै तेस्रो स्थान हात पारे ।


ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ फाइनलमा नविताले आर्मीकी दीक्षा तामाङलाई ११–३, ११–७, ११–८, ११–६ को सेटमा हराइन् । आर्मीकी स्वेच्छा नेम्वाङले आफ्नै क्लबकी रविना महर्जनलाई ४–२ को प्रतिस्पर्धात्मक सेटमा हराएर तेस्रो स्थान हात पारिन् । दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपैयाँपुरस्कार पाए ।


विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, टेबलटेनिस मुख्य प्रशिक्षक विनोद शाक्यलगायतले पुरस्कृत गरे ।


प्रकाशित : माघ २३, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?