कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा डन्डीबियो सुरु

कान्तिपुर संवाददाता

धादिङ — सदरमुकाम धादिङबेसीमा अन्तर मावि स्तरीय डन्डीबियो प्रतियोगिता आइतबार सुरु भएको छ । पहिलो दिन मनरुपी माविविरुद्धको खेलमा लापा मावि विजयी भएको छ । भैरवी मावि सुनौलाले अमर आदर्श माविलाई हराएको छ । 

धादिङमा डन्डीबियो सुरु

जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डन्डीबियो सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगिता तीन दिन चल्नेछ । त्यसमा जिल्लाका ४३ टिमको सहभागिता छ । जिल्लामा पहिलोपल्ट आयोजित लोपोन्मुख खेलमा रहेको डन्डीबियोको प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो ।


नयाँ पुस्तालाई यस खेलसम्बन्धी जानकारी दिएर लोप हुने अवस्थामा पुगेको डन्डीबियोको जर्गेना गर्न प्रतियोगिता गरिएको स्काउट धादिङका जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले बताए ।


नेपालको मौलिक खेलको रूपमा रहेको डन्डीबियोको जर्गेना गर्नुका साथै नयाँ पुस्तालाई यसप्रति आकर्षित गराउने प्रयासस्वरुप गरिएको स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले बताए । विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र चौथो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?