कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीवाइसी अत्तरिया डीपीएलको फाइनलमा

कान्तिपुर संवाददाता

धनगढी — सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अत्तरियाले बुधबार धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्‍यो ।

सीवाइसी अत्तरिया डीपीएलको फाइनलमा

फाइनल खेल शनिबार हुनेछ ।१११ रनको लक्ष्य लिएर आएको काठमाडौं १८.३ ओभरमा ६९ रनमा अल आउट भयो ।


काठमाडौंबाट गौरव तोमारले २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११/११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।


अत्तरियाका सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिए । यस्तै भुवन कार्की र कमलसिंह ऐरीले २/२ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो ।अत्तरियाको तर्फबाट कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए ।


यस्तै अर्का ब्याट्सम्यान सन्नी पटेलले २४ बलमा २८ रन बनाए ।सुबेन्दु पाण्डे १६, जयकिसन कोल्सावाला १३, जितेन्द्रसिंह ठकुरी ६ र सन्दीप जोरा ३ रनमा आउट भए ।


ऋत गौतम शुन्यमा आउट भए । कमलसिंह ऐरी र भुवन कार्की नट आउट रहे । कार्कीले १ बलमा १ रन जोडे । कमलसिंह ऐरीले १ बल पनि खेल्न पाएनन् ।


बलिङतर्फ काठमाडौंका अंकित दबास र सूर्य तामाङले २/२ विकेट लिए भने रसिद खान र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।पारजित काठमाडौंले बिहीबार हुने इलिमिनेटरको विजेतासँग शुक्रबार दोस्रो क्वालिफायर्स खेल्ने छ ।


मंगलबार भएको लिग चरणको अन्तिम खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा रहको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?